काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्रको बिषयमा व्यापकता अन्यौलता देखिएको छ । उनले विगतमा चुनाव लड्दै आएको काठमाडौं क्षेत्र नम्बर ४ बाट उनी फेरी चुनाव लड्छन् कि लड्दैनन् भन्ने विषयमा अझै टुङ लागिसकेको छैन्। पार्टीसम्बद्ध एक श्रोतले सभापती थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव नलड्ने दावी गरिरहेको छ भने थापाका निकट मानिने क्षेत्र नम्बर ४ का सभापती श्यामकृष्ण संगत भने थापाले काठमाडौं ४ बाटै चुनाव लड्ने प्रवल सम्भावना रहेको दावी गर्छन्। थापाको निर्वाचन क्षेत्रको विषयमा विभिन्न अड्कलवाजी भईरहेको भएपनि चुनाव पुरानै क्षेत्रबाट लड्ने उनले स्पष्ट पारे ।
क्षेत्रीय सभापति संगतका अनुसार सभापति थापा हालसम्म कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न औपचारिक रूपमा सिफारिस भएका छैनन्। तर, यसबीच नेपाली कांग्रेस सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको भन्ने सूचना पनि बाहिर आएको छ। उक्त विषयलाई लिएर पार्टीभित्र स्पष्ट निर्णय सार्वजनिक भइनसकेकाले दुईथरी धारणा देखिएको हो। सभापति थापाको उम्मेदवारीबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट औपचारिक रूपमा घोषणा भएपछि मात्र स्पष्ट हुने नेताहरूको भनाइ छ।