जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह जनकपुरधाम पुगेका छन्। उनी आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि पार्टी कार्यालय पुगेर जनकपुर पुगेका हुन्।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह सहितका नेताहरूलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
विमानस्थलमा भिडभाड र सुरक्षा चाप
स्वागतको क्रममा विमानस्थलमा समर्थकहरूको ठूलो भिड जुटेपछि सुरक्षा व्यवस्था चुनौतीपूर्ण भएको थियो। सोही क्रममा केही धकेला–धकेलामा विमानस्थलको सिसाको ढोका फुटेको घटनासमेत भएको छ।
नेताहरू केहीबेर भित्रै रोकिए
ढोका फुटेपछि बालेन शाह र रवि लामिछाने केही समयका लागि विमानस्थलको भित्रै रोकिएका थिए। घटना पश्चात सामान्य रूपमा व्यवस्थापन गरिएको र नेताहरू बाहिर निस्केका थिए।
यद्यपि सिसा फुट्ने घटना भए पनि रास्वपाका कार्यकर्ता र समर्थकहरूले उत्साहपूर्वक नेताहरूलाई स्वागत गरेका थिए।