काठमाडौं । अष्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भे नेपाली टोलीका बलिङ कन्सलट्यान्ट प्रशिक्षक नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ क्यानले इयानलाई बलिङ कन्सलट्यान्ट प्रशिक्षकको रुपमा भित्राएको हो ।
नेपालले आगामी महिना तेस्रोपटक टी–२० विश्वकप क्रिकेट खेल्दैछन् । विश्वकपको तयारीमा रहेको नेपाली टोलीका लागि क्यानले इयानलाई भित्राएको हो ।
नेपाली टोलीको मुख्य प्रशिक्षकको रुपमा अस्ट्रेलियन पूर्वक्रिकेटर स्टुअर्ट ल छन् । उनकै प्रशिक्षणमा नेपालले विश्वकप खेल्नेछ । समूह ‘सी’ मा नेपालसहित बंगलादेश, इंग्ल्याण्ड, इटाली र वेष्ट इन्डिज छन् । नेपालले समूह चरणका सबै खेल भारतमा खेल्नेछ ।