काठमाडौं । इरानको सुरक्षा अवस्था निरन्तर बिग्रिँदै गएको भन्दै भारतले आफ्ना नागरिकलाई त्यहाँको यात्रा नगर्न एडभाइजरी जारी गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार विदेश मन्त्रालयले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै भारतीय नागरिकले इस्लामिक गणतन्त्र इरानको यात्राबाट हाललाई टाढै रहनुपर्ने बताएको छ ।
तेहरानस्थित भारतीय दूतावासले इरानमा रहेका भारतीय नागरिकलाई तत्काल देश छोड्न सुझाव दिएको छ । दूतावासले त्यहाँ रहेका विद्यार्थी, तीर्थयात्री, व्यवसायी र पर्यटकलाई उपलब्ध माध्यमहरू, विशेष गरी व्यावसायिक उडानहरूमार्फत इरानबाट बाहिरिन र सुरक्षाका विषयमा पूर्ण सतर्कता अपनाउन आग्रह गरेको छ ।
इरानमा विरोध प्रदर्शन गत महिना तेहरानबाट सुरु भएको थियो । त्यहाँको स्थानीय मुद्रा ‘रियाल’ ऐतिहासिक रूपमा न्यून स्तरमा पुगेका छ । आर्थिक संकटबाट सुरु भएको यो आन्दोलन अहिले इरानका सबै ३१ वटै प्रान्तहरूमा फैलिसकेको र राजनीतिक परिवर्तनको मागमा परिणत भएको छ ।