अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि विद्यार्थी भिसा दिने प्रक्रियामा कडाइ गर्दै नेपाल, भारत, बंगलादेश र भुटानलाई उच्च जोखिमको श्रेणीमा राखेको छ। यसले यी देशका विद्यार्थीका भिसा आवेदनमा थप कागजात र सावधानी आवश्यक पर्ने भएको छ।
पहिले नेपाल र भारत मध्यम जोखिमको स्तरमा थिए, तर हालको नीति अनुसार सबैलाई उच्च जोखिममा राखिएको छ। विद्यार्थीहरुले अब शैक्षिक कागजात, आर्थिक क्षमता, भाषा प्रमाण, अध्ययनको वास्तविक उद्देश्य लगायतका विस्तृत प्रमाणहरू बुझाउनुपर्ने हुन्छ।
अस्ट्रेलियाले यस्तो निर्णय विद्यार्थी आवेदनमा नक्कली वा गलत कागजात तथा वास्तविक उद्देश्यमा शंका हुने अवस्थामा लिएको हो। genuine विद्यार्थीलाई अध्ययनको अवसर भने उपलब्ध गराइने बताइएको छ।
यो नीति लागू भएपछि भिसा प्रक्रिया अझ समय लाग्ने, कागजात धेरै आवश्यक पर्ने र लागत बढ्ने हुनसक्ने देखिन्छ। विशेषज्ञहरूले विद्यार्थीहरूले आवेदनको तयारी गर्दा सुरुदेखि नै कागजात र प्रमाणहरू प्रत्यक्ष र मजबुत बनाएर पेश गर्नु आवश्यक रहेको बताएका छन्।
यस किसिमको कडा प्रक्रिया विद्यार्थीक्षेत्र र शैक्षिक सल्लाहकारहरूलाई समेत प्रभावित पार्नसक्ने अनुमान छ, किनभने प्रक्रियामा ढिलाइ, दस्तावेज थप माग र कठिन जाँचले आवेदन प्रक्रियालाई चुनौतीपूर्ण बनाउने सम्भावना देखिएको छ।