काठमाडौं । सिन्धुलीको घ्याङ्लेखमा रहेको नेपाल एसबीआई बैंकको तीन करोड बढी रकम लुटिएको छ।
मंगलबार साँझ ७ बजेको समयमा काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर समूह फरार भएका हुन् ।
नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो । घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए।
प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ भने अन्य फरार छन् ।