काठमाडौं । निर्वाचन आयोगले आउँदाे फागुन २१ गते ताेकिएकाे प्रतिनिधिसभा चुनावका लागि पेश भएकाे समानुपातिककाे बन्दसूचीमा नाम भएका व्यक्तिहरूलाई नाम फिर्ता लिन चाहेमा निवेदन दिन आग्रह गरेको छ ।
नाम फिर्ता लिन चाहनेहरूले भाेलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्ने निर्वाचन अधिकृत कृष्णबहादुर राउतले निकाल्नुभएकाे सूचनामा उल्लेख छ ।
आयाेगले दलहरूलाई बन्दसूची सच्याउन आजसम्म समय दिएकाे थियाे । दलहरूले नयाँ सूची बुझाएपछि आयाेगले नाम फिर्ता लिन चाहनेहरूका लागि सूचना निकालेकाे हाे ।
