काठमाडौँ। गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीले सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको जानकारी सार्वजनिक गरेका हुन्।
उनले फेसबुक पोस्टमार्फत दुःखद खबर आएको उल्लेख गरेका छन्। ‘इन्डियन आइडल’को उपाधि जितेर चर्चामा आएका तामाङ नेपालमा समेत अत्यन्त लोकप्रिय गायकका रूपमा परिचित छन्। उनले गाएका थुप्रै नेपाली गीतहरू दर्शक–श्रोतामाझ चर्चित रहेका छन्। हालसम्म तामाङको निधनबारे आधिकारिक स्रोतबाट पुष्टि हुन बाँकी रहेको छ।