काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु-कुहिरो रहनुका साथै बाँकी तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ।
शनिबार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा मध्यान्ह सम्म हुस्सु-कुहिरो रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यता काठमाडौँमा पनि चिसो बढेको छ । महाशाखाका जानकारीअनुसार शनिबार बिहान ५ : ४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ ।