काठमाडौँ । न्याय सेवा आयोगले उपसचिव,सचिव र सहसचिवको सरुवा गरेको छ । आयोगले ४४ जना उपसचिव,दुई सचिव र ३ सहसचिवको सरुवा सरुवा गरेको हो ।
४४ उपसचिवको सरुवा
यस्तै एक जनालाई सचिवमा बढुवासहित दुई जना सचिवको सरुवा गरिएको छ । न्याय सेवा आयोगले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धव प्रसाद पुडासैनीलाई महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । यस्तै आयोगले महान्यायाधिवक्ता कार्यालयका का.मु. नायब महान्यायाधिवक्ता ध्रुवकुमार चौहानलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ल्याएको छ ।

यस्तै तीन सहसचिवको पनि सरुवा गरिएको छ । न्याय सेवा आयोगले शुक्रबार सरकारी वकिल समूह, राजपत्राङ्कित प्रथम श्रेणीका तीन सहसचिवको सरुवा गरेको हो ।
