काठमाडौँ । नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई लक्षित गर्दै मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सुरु भएको हो।
नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा सञ्चालनमा आएको मिडिया सेन्टरले विशेष महाधिवेशनसम्बन्धी सूचना, समाचार तथा सामग्रीको प्रभावकारी प्रसार–प्रसारमा सहयोग गर्ने उद्देश्य राखेको छ। संयोजक भण्डारीका अनुसार मिडिया सेन्टरमार्फत महाधिवेशनसँग सम्बन्धित समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अन्य सूचना सामग्री सञ्चार माध्यमसम्म सम्प्रेषण गरिनेछ। नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ।