धनगढी । विगत ४ वर्षदेखि अलपत्र अवस्थामा सुदूरपश्चिमका पहाडी ७ जिल्ला जोड्ने मुख्य राजमार्गको कैलाली चुरे सहजपुरभन्दा माथि पर्ने सल्लाघारी मोडको मर्मत हुने भएको छ ।

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, सडक डिभिजन कार्यालय महेन्द्रनगरले राष्ट्रिय राजमार्ग अत्तरियादेखि सहजपुरसम्मको सडक खण्डको आवधिक मर्मत सम्भारका लागि सम्झौता सम्पन्न गरेको छ।
सम्झौताअनुसार अत्तरियादेखि सहजपुर सडक खण्डको आवधिक मर्मत कार्य गरिने भएको हो । कैलाली जिल्लाभित्र पर्ने उक्त सडक खण्डको मर्मत कार्यको जिम्मा बैतडीको पुचौडी–८ ठेगाना रहेको राजधानी कन्स्ट्रक्सनले पाएको छ। सल्लाघारी मोड अलपत्र हुँदा दुर्घटनाको जोखिम समेत बढेको थियो ।
यस मोड निर्माणका लागि दबाब बोलन्या थलीले केही दिन अघि महेन्द्रनगर सडक डिभिजन, साइट कार्यालय धनगढीमा दबाबमूलक आन्दोलन गरेको थियो ।लामो समयदेखिअलपत्र सहजपुरको यो मोड अब छिट्टै मर्मत हुने भएपछि केही दिन अघि गरेको थलीको आन्दोलन निकै प्रभावकारी बनेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।