काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।
मंगलबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारलाई सफाइ दिएको हो।
महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा ठेक्कामा अनियमितता गरेको आरोप उनीमाथि लागेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित सातजनाविरुद्ध गत जेठ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।