काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुन लागेको २०२६ आईसीसी पुरुष टी-२० विश्वकपका लागि १५ सदस्यीय अन्तिम नेपाली टोलीको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलन मिलाइएको छ । टोलीमा एनपीएलमा चम्किएका शेर मल्लले स्थान बनाएका छन् ।
