काठमाडौँ । उपाधिका प्रवल दावेदार इजिप्ट र नाइजेरियाले अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्। इजिप्टले बेनिनलाई ३–१ ले हरायो।
अतिरिक्त समयमा लिभरपुलका मोहमद सलाहले गोल गर्दै टोलीलाई जीत दिलाए। यसअघि यासिर इब्राहिमले पहिलो गोल गरेका थिए। अर्को खेलमा नाइजेरियाले मोजाम्बिकलाई ४–० ले पराजित गर्यो। भिक्टर ओसमनले दुई गोल गरेका थिए। इजिप्ट प्रतियोगिताको सबैभन्दा सफल टिम हो र सात पटक उपाधि जितिसकेको छ। तर सन् २०१० यता च्याम्पियन भएको छैन। यससँगै माली, सेनेगल, क्यामरुन र आयोजक मोरक्को पनि क्वाटरफाइनलमा पुगेका छन्।