वीरगञ्ज । वीरगन्ज विवादबारे सर्वदलीय बैठकले पाँच वटा निर्णय गरेको छ । केही दिनदेखि देखिएको विरोध प्रदर्शन र उत्पन्न अवस्थालाई मध्यनजर गर्दै आज मंगलबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले अन्यत्र भएका घटना वा दुर्घटनालाई लिएर वीरगञ्जमा विरोध प्रदर्शन नगर्ने निर्णय गरेको छ। कुनै प्रदर्शन गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति लिएर मात्र शान्तिपूर्ण ढंगले कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक वा सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासनको संयोजनमा राजनीतिक दल, विभिन्न धार्मिक समुदाय तथा नागरिक समाजको सहभागितामा स्थायी सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ।
