काठमाडौं । आईसीसी महिला टी–२० ग्लोबल छनोटका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको हो । नेपालमै हुने प्रतियोगिता जनवरी १४ देखि १ सम्म आयोजना हुने तालिका छ । नेपाली टिम भारतीय प्रशिक्षक हर्षल पाठकको प्रशिक्षणमा छ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे छन् । नेपालले जनवरी १८ मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । जसबाट शीर्ष चार टिमले महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।
