काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले द्वारा २०२६ को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्ष पुरुष र महिला क्रिकेटको तालिका सार्वजनिक गरेको हो ।

क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो । तालिकाअनुसार यो वर्ष २८ घरेलु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ । यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी–२० विश्वकपमा सहभागिता जनाउने छ ।
