काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्षकै हालसम्मको कम मापन गरिएको छ ।
बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि बिहीबार (पुस १७) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
विभागले देशका १७ स्थानको तापक्रमका विवरण सार्वजनिक गरेको छ । विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.९ डिग्री छ । डडेलधुराको न्यूनतम तापक्रम २.७, दिपायलको ६, ताप्लेजुङको ५.८ डिग्री सेल्सियस रहेको छ ।
