काठमाडौं । ५१ जना यात्रु रहेको बुद्ध एयरको जहाज रन–वेबाट चिप्लिएको छ ।
झापाको भद्रपुर विमानस्थलमा काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज जहाज चिप्लिएर धावनमार्गबाट केही बाहिर पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।