काठमाडौं । अनसनरत डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले सम्झौता गरेको छ । ११ औँ दिनदेखि अनसनमा रहेका भुसालसँग शुक्रबार ६ बुँदै सम्झौता भएको हो ।
सम्झौतासँगै भुसालले अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् ।
सहमतिपत्रमा भुसाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर छ भने सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको हस्ताक्षर छ ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर भुसाल र विष्ट माइतीघरमा आमरण अनशन बसेका थिए ।
