चितवन । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर बिमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि भन्नाले राम्रो, निस्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताए । उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले, “आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको बन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।”
१० लाख वढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अबस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताए । सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त बजेट छुट्याई सकेको उनको भनाई छ । दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले “पाटीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।” जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुविधा नभएको उनको भनाई छ ।
उनले,“चुनाव लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।” सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आँफु त्यसमा केन्द्रित भएको बताए । सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनावको वातावरण बनाई रहेको उनको भनाई छ । उनले, “ म मन्त्री परिषदको सदस्य भएको नाताले निर्वाचन कसरी गर्ने भन्ने बिषयमा प्रधानमन्त्रीलाई सघाउने हो । निस्पक्ष, धाँदलि रहीत र स्वतन्त्र निर्वाचन गर्ने कुरामा हामी लागेका छौ ।”