काठमाडौं । अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको अनशन तोडाउन सरकारले बिहीबार गरेको वार्ता निष्कर्षविहीन भएको छ ।
डा. भुसाल र विष्ट पछिल्लो दश दिनदेखि आमरण अनशनमा छन् । २१ फागुनको निर्वाचन रोकी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई रिहा गर्नुपर्ने लगायतका माग राखेर दुवै अनशनरत छन् ।