काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछाने र कुलमान घिसिङसँग खिचेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै 'म नेपाल हाँसेको हेर्न चाहन्छु' भन्ने सन्देश दिएका छन्।
कुलमानलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने गरी सहमति भएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा तीन जनाको फोटो र सन्देश सेयर गरेका हुन्।
यही सहमति अनुसार अन्तत: रवि लामिछाने, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्।