काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ। जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकोमा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।
न्याय सेवा आयोगले न्यायाधीश नियुक्तिका लागि सोमबार न्याय परिषद्समक्ष सिफारिस गरेको छ। जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११ जना, खुलाबाट ६ जना, महिला १ जना र आदिवासी जनजाति २ जना छानिएका छन्।
लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए। उनीहरूको सबै प्राप्ताङ्कको आधारमा योग्यताक्रम कायम गर्दै नियुक्तिका लागि सिफारिस गरिएको हो।


