काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवार खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ। आयोगको आइतबार बसेको बैठकले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यका उम्मेदवारले बढीमा ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा निर्धारण गरेकोआयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
आयोगले जारी गरेको विज्ञप्तिमा अन्तर्क्रियामा सबैभन्दा बढी १ लाख रुपैयाँ र कार्यालय सञ्चालन र सवारी साधनमा ७०/७० हजार खर्च गर्न पाउने छ। आयोगले,प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने मापदण्ड तोकेको छ।
