काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची पेस गर्ने समय पौष १३ र १४ गते तोकिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबारदेखि सुरु भएको बन्दसूची संकलनमा तीन राजनीतिक दलबाट १३४ जनाको नाम दर्ता तथा भेरिफिकेसन भइसकेको छ। आयोगले तोकिएको समयसीमाभित्र बन्दसूची पेस प्रक्रिया सम्पन्न गरिने जनाएको छ। दर्ता भएका दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन पाउनेछन्। पेस गरिएका बन्दसूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ।