काठमाडौँ । रश्मिलाज फेसियल हाउसले आफ्नो छैटौँ शाखा सञ्चालनमा ल्याएको छ । फेसियल हाउसको १८औँ वार्षिक उत्सवको अवसर पारेर काठमाडौँको हात्तिगौँडा, बुढानीलकण्ठमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखाको एक कार्यक्रमकाबीच
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

यो शाखा दुई दशकभन्दा बढी समय अमेरिकामा बसेकी समी रेग्मी अधिकारीको पहलमा सञ्चालनमा ल्याइएको हो। रश्मिलाज फेसियल हाउसकी अध्यक्ष तथा अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठ तथा प्रबन्ध निर्देशक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ शाखा सुरु गरिएको हो ।