काठमाडौं । ६ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ सहसचिव तथा उपसचिवको सरुवा गरिएको छ ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार उक्त सरुवा गरेको हो। सरुवा हुनेमा ६ जना सिडिओ, ६ जना सहसचिव र एक जना उपसचिव रहेका छन् ।
सरुवाअनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ ।
