काठमाडौँ । संघीय सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। केहीबेर अघि प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक नियमित कार्यसूचीअनुसार बसिरहेको हो।
बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि सहभागी छन्। मन्त्रीका रूपमा पदभार सम्हालेपछि शर्मा पहिलोपटक मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन्। आजको बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा सरकारका नियमित कार्यसूचीसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।