काठमाडौं । कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी गुमाएको उल्लेख गरेका छन् ।
सचिव खड्काले यो खबरले स्तब्ध पारेको उल्लेख गर्दै थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उनले परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।