काठमाडौं । सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ ।
अदालतको मङ्गलवार र बुधवारको निर्णय अनुसार उनीहरूको काज सरुवा गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको हो ।
काज सरुवा हुने उपसचिवमा सर्वोच्च अदालतका उपरजिष्ट्रार, इजलास अधिकृत हुँदै उच्च अदालतका उपरजिष्ट्रारसम्म रहेका छन् ।

