काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् ।
यसअघि परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्याइएको थियो । सरकारले यो निर्णय खारेज गर्दै पुरानै शुल्क कायम गरेको हो ।
यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गरेका थिए । त्यतिबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो।
गत मंसिरमा पुन बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनः खारेज गरिएको हो ।
