काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । शुक्रबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ को निर्वाचनलाई लक्षित गरेर अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ सम्बन्धी अध्यादेश जारी गरेका हुन्।
२०७८ को जनगणनाअनुसार दलित, आदिवासी, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ संशोधन गर्न सरकारले यो अध्यादेश ल्याएको राष्ट्रपति कार्यालयले जनाएको छ । फागुन २१ को निर्वाचन गराउने म्याण्डेट पाएको वर्तमान अन्तरिम सरकारले निर्वाचन सहजताका लागि विभिन्न अध्यादेश जारी भइसकेका छन् ।