काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रवार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै रोकिएका छन्। भैरहवाको खराब मौसमका कारण लामिछानेको उडान स्थगित भएको हो। बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश दिएपछि लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका थिए।