काठमाडौँ । बोन्डी बीचमा भएको गोलीकाण्डका क्रममा एक पीडितले आक्रमणकारीतर्फ इट्टा फ्याँकेका थिए र त्यसपछि गोली लागेर मृत्यु भएको उनका छोरीले बताएकी छन्। उनकी छोरी शेना गुटनिकले ताइन्, मेरो बुझाइ अनुसार, गोली चलेको क्षणमै बाबाले हाम फाले। उनले साँच्चिकै बहादुर कार्य गर्नुभयो।
गुटनिकका अनुसार उनका ६२ वर्षीय पिता र्युभेन मोरिसनले आक्रमणकारीबाट हथियार अलग पार्ने प्रयास गरेका थिए। फल बेच्ने अह्मेद अल अहमेदले पनि आक्रमणकारीसँग संघर्ष गरेको उल्लेख छ। गुटनिक सो दिन मेलबर्नमा हनुक्का पर्वको उत्सवमा सहभागी थिइन् र सिड्नीमा गोलीकाण्ड भएको खबर सुन्नासाथ उनले तत्काल आमा–बाबालाई सम्पर्क गरिन्, जो बोन्डी बीचमा थिए। गुटनिकले भने, बाबाले आफ्नै जीवन जोखिममा राखेर यहूदी समुदायका साथीहरूलाई बचाउन खोज्नु भएको थियो। र्युभेन मोरिसनको यो साहसी कार्यले उनलाई स्थानीय समुदायमा नायकको रूपमा सम्मान दिलाएको छ।