काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ ९क्यान०ने मंगलबार भारतका पाठकलाई प्रशिक्षकमा नियुक्त गरेको हो।
पाठक यसअघि थाइल्यान्डको महिला टोलीको प्रशिक्षक थिए। उनको नेतृत्वमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलको यात्रा गरेको थियो। हाल नेपाली महिला राष्ट्रिय क्रिकेट टिम काठमाडौँमा आईसीसी विमेन्स टी–२० ग्लोबल क्वालिफायरको तयारीमा जुटिरहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक कार्यतालिका अनुसार उक्त तयारी क्याम्प यही जनवरी १२ देखि फेब्रुअरी १, २०२६ सम्म सञ्चालन हुनेछ ।