काठमाडौँ । कथित बोन्डी गोलीकाण्डमा संलग्न दुई बन्दुकधारी नोभेम्बर १ मा फिलिपिन्स पुगेका र नोभेम्बर २८ मा त्यहाँबाट फर्किएका फिलिपिन्सको आप्रवासन विभागले जनाएको छ।
विभागकी प्रवक्ता डाना सान्डोभालका अनुसार ५० वर्षीय साजिद अकरामले भारतीय पासपोर्ट प्रयोग गरी फिलिपिन्स यात्रा गरेका थिए भने उनका २४ वर्षीय छोरा नविदले अष्ट्रेलियन पासपोर्ट प्रयोग गरेका थिए। उनीहरूले फिलिपिन्समा आफ्नो अन्तिम गन्तव्य दक्षिणी सहर दाभाओ रहेको घोषणा गरेका थिए। साथै, अष्ट्रेलिया फर्किने क्रममा सिड्नीका लागि उडान तय गरिएको थियो, सान्डोभालले जानकारी दिइन्।
दाभाओ फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओको पूर्वी भागमा अवस्थित एक ठूलो महानगर हो। मिन्डानाओको मध्य तथा दक्षिण–पश्चिमी क्षेत्रका केही गरिब इलाकाहरूमा इस्लामवादी लडाकु समूहहरू सक्रिय रहने गरेको उल्लेख गरिन्छ। यता, फिलिपिन्सको सेनाले ती दुई जनाले देशमा रहँदा ‘सैन्य शैलीको तालिम’ लिएको भन्ने यसअघि आएका समाचारहरू तत्काल पुष्टि गर्न नसकेको जनाएको छ।