काठमाडौं । एनपीएल सिजन २ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका रोहितकुमार पौडेलले कार र बाइक पाएका छन् ।
उनले प्रतियोगितामा लुम्बिनीलाई च्याम्पियन बनाउनुका साथै १० विकेट लिएका थिए भने २७६ रन बनाए ।
उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । त्यस्तै ५० रन बनाउने पनि पहिलो खेलाडी हुन् । सर्वाधिक रन बनाएसँगै उनले बाइक पाएका हुन् ।
यस्तै विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने, लुम्बिनी लायन्सका शेर मल्लले पनि बाइक पाएका हुन् ।