काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुँदैछ । आजको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।
लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि उपाधि विजेता तय गर्ने निर्णायक खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।
सुदूरपश्चिम रोयल्सले फाइनलसम्मको यात्रामा आफूलाई निकै बलियो रुपमा प्रस्तुत गरेको छ । लिग चरणमा लगातार पाँच खेल जितेर प्लेअफमा स्थान बनाएको सुदूरपश्चिम केवल एक खेलमा पराजित भयो । लिग चरणको अन्तिम खेलमा विराटनगर किङ्ग्ससँग सुदूरपश्चिम रोयल्सले हार व्यहोरेको थियो।
अन्तिम खेलमा पराजय भोग्यो । तर, पहिलो क्वालिफायरमा त्यही विराटनगर किङ्सलाई नै ७७ रनले पराजित गर्दै सुदूरपश्चिमले सीधै फाइनल यात्रा तय ग¥यो । गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
दुवै टोलीका खेलाडीहरूको प्रदर्शन र रणनीतिले फाइनल खेललाई अत्यन्तै रोमाञ्चक र निर्णायक बनाउने देखिन्छ । यो खेल दर्शकहरूका लागि निश्चित रूपमा उत्कृष्ट रोमाञ्चक क्षण प्रदान गर्नेछ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । आज दुई सबल टोलीमध्ये एकले पहिलो पटक एनपीएल ट्रफी उचाल्ने छ ।
एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ । उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।