काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले फिल्डिङ गर्ने निर्णय गरेसँगै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।
पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।