काठमाडौँ । दाङको लमहीमा यात्रुबाहक बस दुर्घटना भएको छ । डडेल्धुराबाट काठमाडौं आउँदै गरेको गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान दाङको लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।
दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ ।
घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए । बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
