काठमाडौं । नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार सम्पन्न एलिमिनेटर खेलमा लुम्बिनी लायन्ससँग हार बेहोर्दै काठमाडौं गोर्खाजले प्रतियोगिता टुंगाएको छ ।
एलिमिनटरमा पराजयसँगै काठमाडौं यस सिजनको चौथो बनेको छ । एलिमिनेटर विजेता लुम्बिनीले भने फाइनलमा खेल्ने सम्भावनलाई कायमै राखेको छ ।
फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा लुम्निबीले पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सँग पराजित टोली विराटनगर किङ्ससँग समाना गर्नेछ ।
पहिलो क्वालिफायर जितेर सुदूरपश्चिमले फाइनल स्थान सुरक्षित गरेको छ । दोस्रो क्वालिफायरका प्रतिस्पर्धी विराटनगर र लुम्बिनीमध्ये विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।
दोस्रो क्वालिफायरमा हार्ने टोली प्रतियोगिताको तेस्रो बन्दै यो सिजनको यात्रा सक्न बाध्य हुनेछ ।
इलिमिनेटरमा खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंसँग टस हारेर ११२ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनी जवाफी ब्याटिङमा उत्रिएको थियो ।
काठमाडौंले दिएको लक्ष्य लुम्बिनी लायन्सले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीले ठीक ११२ रन बनायो ।