काठमाडौँ । उदयपुरको चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि चौदण्डी नगरपालिका–४ बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको ज्यान गएको हो। गम्भीर घाइते भएका राईलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।