काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।