काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करण अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनको योगफल तयार पार्यो।
कर्णालीका लागि इम्रान शेखले ३३, गुल्सन झाले १९, कप्तान सोमपाल कामीले अविजित १८, प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन बनाए। जनकपुरका लागि ललितनारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले एक–एक विकेट लिए।