झापा (नयन दर्नाल) - इलाम (रोङ–४) र झापा (बुद्धशान्ति–७) कार्यक्षेत्र रहेको श्री नमुना सामुदायिक वन उपभोक्ता समितिको २९औँ वार्षिक साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार अध्यक्ष पदमा पुनः कोरियन तामाङ निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा राजकुमार खेसाङ र वेदप्रसाद अर्याल चयन भएका छन् भने सचिवमा उर्मिला राई, सह–सचिवमा विमला गड्तौला र कोषाध्यक्षमा निकिता भण्डारी निर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा रुपेश सुवेदी, सावित्रा निरौला, राहुल राई, गंगा माया सेन्चुरी र विपिन पौडेल चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष कोरियन तामाङले सामुदायिक वनलाई अझै हरियाली, संरक्षणमुखी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले समितिको आगामी कार्यकालमा सामुदायिक वनको दिगो उपयोग, संरक्षण तथा विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गरे।
.jpg)