काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार समूह चरणका दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबिच बिहान ११ बजे हुनेछ । यस्तै दोस्रो खेलमा चितवन राईनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । उक्त खेल दिउँसो ३ः३० सुरु हुनेछ ।
विराटनगर र सुदूरपश्चिम ‘प्लेअफ’मा पुगिसकेकाले नतिजाले केवल अंक तालिकामा असर पार्नेछ। त्यस्तै, पोखरा र चितवन प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेका छन् ।
जसकारण आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । सुदूरपश्चिमसँगै विराटनगर, काठमाडौँ र लुम्बिनीले ‘प्लेअफ’मा स्थान सुरक्षित गरिसकेका छन्।