काठमाडौँ । नेपाल प्रमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिमविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। चितवनका लागि आजको खेल निकै महत्वपूर्ण छ। सुदूरपश्चिमलाई पराजित गर्न सके चितवनको अंक ६ पुग्नेछ र आगामी खेलबाट अधिकतम ८ अंकसम्म पुग्दै प्लेअफ प्रतिस्पर्धा थप खुला बनाउन सक्षम हुनेछ।
यसअघि खेलेका पाँचै खेलमा विजयी हुँदै सुदूरपश्चिम १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। आजको खेल जिते सुदूरपश्चिमले शीर्षस्थान सुरक्षित गर्नेछ। पराजित भए पनि टोली शीर्ष–२ मा रहने बलियो दावेदार रहिरहनेछ।