काठमाडौं। इजरायलमा अल्ट्रा–ओर्थोडक्स हारेदी यहूदी पुरुषहरूलाई सेनामा भर्ती गराउने विवादले सरकार कमजोर पार्ने र देश विभाजित गर्ने सम्भावना बढाएको छ। दुई वर्षको युद्धपछि सार्वजनिक धारणा परिवर्तन भएको छ र यो प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लागि सबैभन्दा संवेदनशील राजनीतिक मुद्दा बनेको छ। अहिलेसम्म इजरायलका अल्ट्रा–ओर्थोडक्स पुरुषहरू पूर्णकालीन धार्मिक अध्ययनमा रहेका खण्डमा सेनाबाट छूट पाउने गर्थे। यो छूट १९४८ मा स्थापना गरिएको हो र करिब २० वर्षअघि उच्च अदालतले अवैध ठहर गरेको थियो । गत वर्ष अदालतले अस्थायी व्यवस्थाहरू अन्त्य गर्दै सरकारले हारेदी समुदायलाई भर्ती गर्न थाल्नुपर्ने बाध्यता सिर्जना गरेको थियो।
बेन्यामिन नेतान्याहुले भने, नयाँ भर्ती विधेयकअनुसार दुई वर्षभित्र १० हजार हारेदी पुरुषहरूलाई सेनामा भर्ती गरिनेछ।
गत वर्ष करिब २४ हजार जना हारेदीलाई डाफ्ट भर्ती नोटिस जारी गरिएको थियो, तर केवल १२ सय जना मात्रै उपस्थित भएका थिए। यस विषयमा संसदमा बहस भइरहेको छ, र हाल नयाँ विधेयकमा हारेदी पुरुषलाई अन्य यहूदीसँगै सेना सेवा गर्न बाध्य पार्ने प्रस्ताव छ। गत महिना हजारौं हारेदीले जेरेसलेममा विरोध प्रदर्शन गरे। केही चरमपन्थी अल्ट्रा–ओर्थोडक्स प्रदर्शनकारीले दुई हारेदी सांसदमाथि आक्रमण गरेका थिए। सीमा प्रहरीले संलग्न सैनिक प्रहरीलाई सुरक्षा दिनुपरेको थियो। यसका साथै ब्ल्याक अलर्ट र्पाका कालगीपनी यहाँका यहुदिका लागी पनी हाएका कुराले यहाँलाई सता नामक नयाँ सूचना प्रणाली पनि सिर्जना गरिएको छ, जसले विरोध प्रदर्शनको जानकारी तुरुन्त फैलाउँछ। किसे रहामिम येशिवा, बेनी ब्राकमा शिक्षक र विद्यार्थीहरूले भने,हामी टोराह पढेर सैनिकहरूलाई सुरक्षा गर्छौं। हाम्रो अध्ययनले सेनालाई सहयोग गर्छ। हारेदी समुदायले निरन्तर प्रार्थना र धार्मिक अध्ययनले इजरायलका सैनिकको रक्षा गर्ने विश्वास राख्छ। इजरायलको अल्ट्रा–ओर्थोडक्स जनसंख्या विगत सात दशकमा दोब्बर बढेर १४% पुगेको छ।
इजरायल सुरक्षा बलले अल्ट्रा–ओर्थोडक्स पुरुषहरूको लागि विशेष युनिटहरू गठन गरेको छ।
अब लगभग ६० हजार जना पुरुष डाफ्टबाट बाहिर छन्। सर्वेक्षण अनुसार गैर–हारेदी यहूदीहरूमा लगभग ८५% समर्थन छ कि डाफ्ट नमान्ने हारेदीलाई दण्ड दिनुपर्छ, लाभ, पासपोर्ट वा मतदान अधिकार रोक्ने प्रयासमा छन् । प्रधानमन्त्री नेतान्याहुले संसदको शीतकालीन सत्रमा नयाँ विधेयक अन्तर्गत १० हजार येशिवा विद्यार्थीलाई दुई वर्षभित्र भर्ती गरिने घोषणा गरेका छन्। हारेदी पार्टीहरू नेतान्याहुको गठबन्धनका महत्वपूर्ण साझेदार हुन्। यसै मुद्दाका कारण नेतान्याहुको विगतमा दुई पटक सरकार ढलेको थियो। विधेयक हाल पूर्णकालीन धार्मिक अध्ययनमा रहेका विद्यार्थीलाई छुट दिने प्रावधान कायम राख्दैछ। विपक्षी नेताहरू यसलाई अवमानना र विश्वासघात ठहराउँदै रोक्ने प्रतिवद्धता जनाएका छन्। हारेदी जीवनशैली सदियौँ देखि लगभग अपरिवर्तित छ, तर आज उनीहरू र राजनीतिक सहयोगीहरू युद्धका आधुनिक मागहरू र यहूदी–इजरायली पहिचानबीच गम्भीर बहसमा छन्।